ईन्ट्रान्स को दिन

मंसिरको जाडो, अझ भनैा न लगभग मंसिर सकिन लाग्दाको जाडो । बिहान ११ बजे cdcsit पुग्नु थियो । BSc.CSITको entrance को लागी । कारणबस मेरो फर्म भर्ने र अन्य काम एकजना दाईले
गर्दिनुभएको थियो । भिष्म दाई अर्थात मेरो दाईको Bachelor पढ्दाको साथी । मैले वहालाई फोन गरे । प्रबेश पत्रको लागी । ऊहाले प्रबेश पत्र ल्याईदिने भन्नुभयो र त्यसकालागी मलाई बुध्दनगर बोलाऊनुभयो । र सिधै
किर्तिपुर जाने तयारी गरेर आउ भन्नुभयो । म पनि त्यहि अनुरुप गए बुध्दनगर । लक्ष्मी बैंक अगाडि । केहिबेरमा भिष्म दाई देखा पर्नु भयो । साथमा एकजना मेरै उमेरकि केटी । छेउमा आएपछि परिचय गराऊनुभयो । म संगै CSIT को entrance दिन जान लागेकी नाम गोमा । त्यसपछि बानेश्वर बाट रत्नपार्क हुदै किर्तिपुर जाने निर्णय भयो र त्यहि अनुरुप रत्नपार्क जाने माईक्रो चढ्यैा । जादा भिष्म दाई संगै नै गफ गर्दै गर्दा किर्तिपुर पुगियो लगभग १० ४५ मा । परिक्षा शुरु हुन लगभग १५ मिनेट मात्र बाकी । केही आैपचारिक कुरा जस्तै प्लस टु कुन कलेज आदि ईत्यादि कुरा गर्दा गर्दै परिक्षा शुरु हुने घण्टी बज्यो र हामी लाग्यैा परिक्षा दिन । भिष्म दाई पनि हामीलाई राम्रोसंग परिक्षा दिनु भनेर फर्किसक्नु भएको थियो ।

मैले त्यो भन्दा अगाडी पुर्बान्चल ईन्जिनियरिंग क्याम्पस धरानको परिक्षा दिएको थिए । बिना कुनै तयारी । त्यसैले नाम निस्केको थिएन । यो question set ईन्जिनियरिंगको भन्दा सजिलो जस्तो लाग्यो । र नाम नि निस्किन्छ कि भन्ने आश पनि लाग्यो । physics chemistry maths english bio/ computer. यी सब बिषयका objective question हरु थिए २०० पुर्णांकको लागी ।

bio/ computer मा एउटा मात्र गर्नुपर्ने । प्लस टुमा bio नपढेकोले कम्प्युटरको प्रश्न हल गर्नु मेरो बाध्यता थियो । परिक्षा सकियो । प्रश्न पत्र समेत निरिक्षकले लिएर गए र म उहि अगाडि को प्रबेश पत्रको मात्र
साथ निस्किए हल बाट । म मात्र होईन सबै त्यस्तै थिए । परिक्षा दिने बेला एकजना नंया साथी बनाईयो नाम पंकज । निस्किने बेलामा कता लाग्यो थाहा भएन । हलबाट निस्केर बाहिर बसेको मात्र थिए प्लस टुको साथी भेटियो सन्तोस । भिष्म दाईले फर्किदा समेत संगै आउनु भनेर मलाई गोमाको मोबाईल न दिनुभएको थियो । सायद ऊसलाई पनि मेरो । सन्तोष संगै गफ गर्दै म डायल गर्दै थिए । १ २ वटा कल मा नेपाल टेलिकमकि दिदि बोलेकि थिईन । फोन उठेपछि उसलाई cdcsit को गेटमा बोलाए र हामी फर्कन तयार भयैा । मलाई अचम्म लाग्यो । अघि आउदा नि ३ फर्किदा पनि ३ । यति फरक जादा एकजना हामी भन्दा निकै पाको दाई हुनुहुन्थ्यो भने अहिले तिनै जना ऊहि लेभलका । अघि आएकै रुट फर्किने निर्णय भयो र त्यहि अनुरुप त्याबाट तिनकुने सम्म हिड्याै ।

लगभग १० मिनेट । किर्तिपुर तिनकुने पुगेर रत्नपार्क आउने माईक्रो मा आयैा र रत्नपार्कबाट बानेश्वर जानको लागी बनेपा जाने बसमा चढ्याै । सायद सन्तोषको लागी । बाटोमा आउदा  हामीबिच कलेज कुन । bridge course आदि ईत्यादि कुरा भएका थिए । सन्तोस र म माईलस्टोन का गोमा CIT मा प्लस टु गरेकि रहिछ । घर दमक ६ । म पनि आखिर त्यतैको त थिए ।

निकै कम बोल्ने स्वभावकि रहिछे उ । सोधेको मात्र उत्तर दिने । त्यो पनि छोटो शब्दमा । फर्खरै दिएको entrance को objective question जस्तो । म नंया भएर पनि हुन सक्छ । म पनि सक्दो कम बोलिरहेको जस्तो लाग्यो । सायद म पनि त नंया नै त छु उसको लागी । गफ गर्दा सन्तोषलाई अन्याय गरेकि जस्तो लागेर उ संग पनि बेला बेला बोल्न भ्याईरहेको नै थिए । यत्तिकैमा हामी नंया बानेश्वर आईपुगियो ।

संतोशलाई बसबाटै बिदा गरेर हामी पनि उत्रियैा र दुबैजनाले एकआपसपा रिजल्टको लागी all the best नाम निस्कियोस भन्दै लाग्यैा आ- आफ्नो room तिर ।